logo

भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा विवाद 

    2308   पटक पढिएको

२३ माघ/ अर्थ र व्यापार  - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भन्ने विषयमा माघ १० गते जारी गरेको सर्कुलर विवादमा तानिएको छ । मन्त्रालयका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरप्रति सोही मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आपत्ति जनाएका छन् । एउटै मन्त्रालयले एकसाता अघि सर्कुलर जारी गर्ने र अर्को साता खण्डन गर्ने कार्यले श्रम रोजगार मन्त्रालयको काम गराईमा कस्तो केटाकेटीपन रहेछ भन्ने देखाएको छ ।

भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य नभएको सहसचिव रामप्रसाद घिमिरे बताउछन् । मन्त्रालयकै लेटरप्याडमा जारी विज्ञप्तिको खण्डमा अर्को विज्ञप्ति जारी गर्दै घिमिरेले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिने भनी अफवाह फैलाइएको र त्यसमा सत्यता नभएको तर्क गरे ।

मंगलबार राति नै सहचिव घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झूठ के हो, यदि साँचो हो भने क–कसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनका लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्यतथ्य बाहिर ल्याउने छौं ।’

ऐन नियम तथा व्यवहारमा समेत लागु नभएको कुरा यसरी बाहिर आउनु गलत भएको भन्दै सो विषय बाहिर ल्याउने कर्मचारीलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरणसमेत सोध्न लागिएको घिमिरेले जानकारी दिए । मन्त्रालयका सहसचिव घिमिरेले आफ्नै मन्त्रालयबाट एकसाता पहिले जारी भएको सर्कुलरका विषयमा आपत्ति जनाए पनि मन्त्रालयमा कारदाना अधिकृतको जिम्मेवारी निभाइरहेका शाखा अधिकृत प्रशान्त शाहले जारी गरेको सर्कुलरमा भने भारतीय कामदारलाई श्रम स्वीकृति लिन लगाउनू भन्दै श्रम तथा रोजगार कार्यालयहरुलाई स्पष्ट निर्देशन दिइएको छ ।

यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन सो सर्कुलरमा निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव घिमिरेले कारखाना अधिकृत प्रशान्त शाहलाई मन्त्रालयमा बोलाएर स्ष्टीकरण सोधिने बताए पनि भारतीय कामदारसँग श्रम स्वीकृति माग्ने निर्देशन प्रधानमन्त्री कार्यालयबाटै आएको शाखा अधिकृत शाहले पत्रमा उल्लेख गरेका छन् ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुस २६ को पत्र प्राप्त भएको र सोही पत्रअनुसार निर्देशन दिइएको माघ १० गते जारी सर्कुलरमा लेखिएको छ । सर्कुलरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको चलानी नम्बरसमेत सर्कुलरमा उल्लेख छ । साथै यो सर्कुलर माघ १८ गते प्रधानमन्त्री कार्यालयमा दर्ता नम्बर ८१०० अन्तरगत दर्ता रहेको देखिन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।