logo

भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा कामदार पठाउने काम रोक्न आग्रह

    434   पटक पढिएको


१७ असार/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औं स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री अर्यालले यस्तो आग्रह गरेका हुन् ।
उनले भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि व्यवसायी लगायत सम्बन्धीत सबैलाई सहयोग गर्न यस्तो आग्रह गरे । मन्त्री अर्यालले यस्तो कार्यमा एजेन्ट र म्यानपावर व्यवसायीको नै संलग्नता भएको बिषयमा मन्त्रालय जानकार रहेको बताए । ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन् । त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा कामगर्न नपरोस,’ उनले भने ।
उनले भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्धारा नै नेपाली ठगिएकोमा सरकार गम्भिर भएको बताए । ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली, तपाईहरु आफनै छातिमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारवाही गर्छ । म कसैको ढोका ढकढकाउन जानुपर्देन’ उनले भने ।
यसैले समयमा नै जिम्मेवार भएर वैदेशिक रोजगारी क्षेत्रमा मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनु सहयोग गर्न आग्रह गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा बार्षिक २ खर्ब १ अर्ब ६० करोड रुपैयाँ गैरबैकिङ च्यानलबाट संकलन भइरहेको तथ्यांक प्राप्त भएको बताए । उनले यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरीरहेको बताए ।
‘विदेश जानुपर्ने एक पटकको बाध्यता भएपनि फेरि जान नपरोस् । त्यसका लागि अब केही सुरुवात गर्नुपर्छ । एकपटक गएर फर्किएका मानिसमा यो देशमा केही हुदैँन् भन्ने सोचेर विदेश फर्किनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्नेतर्फ नीजि क्षेत्रको मानिस लागेन भने केही हुदैँन् । राजनीति नेतृत्वले भाषण गरेर अथवा केही कर्मचारीको आफ्नो प्रयासले मात्र यो सम्भव छैन् । नीजि क्षेत्रले यसमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । हामी मिलेर नै अघि बढ्नुपर्छ ’ मन्त्री अर्यालले भने ।
यो देश नीजि क्षेत्रको प्रयासले मात्र बन्न सक्ने भन्दै राजनीतिक नेताहरुको भाषणले देश समृद्ध नहुने उनको भनाई थियो । उनले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको भन्दै जसकालागि व्यवसायी र सरकार मिलेर काम गर्नुपर्ने बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैज्ञानिक रुपमा वैदेशिक रोजगारीमा पठाउने कामदारबाट लिइने सेवा शुल्क तोकिनुपर्ने, सेवा शुल्क परिमार्जन गरिनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, वार्षिक एकसय जना श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने लगायतका माग राखेका थिए ।
उनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनुरुप पाउन नसकिएको बताए । उनले सरकारले फ्री भिसा,फ्री टिकटको नारा र नीति लिएपनि सोही अनुरुप वैदेशिक रोजगारीमा कामदार पठाउन नसकिएको बताए ।
उनले सरकारले फ्री भिसा, फ्री टिकटको नीति हचुवाको भरमा बनाएकाले अहिले व्यवसायी समस्यामा परेको दाबी गरे । अध्यक्ष भण्डारीले सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने बताए । उनले मागपत्र प्रमाणीकरण नगर्दा बेथिति मौलाएको बताए ।
संघका महासचिव मेघनाथ भुर्तेलले एक वर्षको कार्यकालमा संघको तर्फबाट आफुहरुले वैदेशिक रोजगारीको क्षेत्रमा सुधार तथा व्यवसायीक हक अधिकारका लागि गरिएका महत्वपूर्ण उपलब्धी र कार्यहरुबारे जानकारी गराएका थिए ।
सोही साधारण सभामा संघले संघका संस्थापक अध्यक्ष स्वर्गीय महेन्द्र शेरचन लगायत विभिन्न व्यवसायीलाई वैदेशिक रोजगारीको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको थियो ।
संघिय सांसद् तथा संघका पूर्व अध्यक्ष एलपी साँवा लिम्बुले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनकालागि सरकारले संसारभरका मानिस आफ्नो देशबाट राम्रो कामकालागि अन्य मुलुकमा गएर काम गर्दै आएको यथार्थलाई बुझेर अघि बढ्नुपर्ने धारणा राखे । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई समय अनुकुल आवस्यक ऐन नियम फुकाएर थप व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।
सो साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरे । व्यवसायीले निःशुल्क रूपमा कुनैपनि व्यवसाय नगर्ने भएकाले सरकारले यस्तो व्यवसाय सञ्चालनकालागि समय अनुकुलको सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए ।
महासंघका अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जरुरी रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनसके मात्रै व्यवसाय लाइनमा आउन सक्ने जानकारी दिए । उनले वैदेशिक रोजगार व्यवसायी कम्पनीहरूले सेवा शुल्क लागू नभए व्यवसाय पारदर्शी हुन नसक्ने जिकिर गरे ।
उनले सरकारले धेरै नयाँ ठाउँहरूमा रोजगारीका गन्तव्यहरू खुला गरेको भनिए पनि निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघको प्रयासमा नै भएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।