logo

श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपिएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल ,कामदार छनोटको पूर्ण अधिकार कोरियालाई

    713   पटक पढिएको

१३ बैशाख/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संशाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस ग्वार्को र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालको उपस्थितिमा त्रिपक्षीय छलफल भएको हो ।
छलफलमा रिटर्नीहरुका प्रश्नको जवाफमा एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङहयून क्वाकले रिटर्नीहरुलाई कुनै विभेद नगरिएको प्रष्ट पारे । छलफलपछि श्रममन्त्री अर्यालले कामदार छनोटका विषयमा कोरिया रिटर्नीहरुका आशंका तथा जिज्ञासा मेटिएकोमा आफू विश्वस्त रहेकोे बताए ।
श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमिकको गुनासो सिधै सम्बन्धित निकायसमक्ष राख्न छलफल गराइएको बताए । यस प्रकारको त्रिपक्षीय छलफल पहिलो पटक गराइएको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
छलफलमा कोरिया रिटर्नीहरुले यसअघि सार्वजनिकरुपमा एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातासमक्ष नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो राखेका थिए ।
निर्देशक क्वाकले १६ वटा स्रोत मुलुकहरुबाट कोरिया जाने श्रमिकको छनोटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने भन्दै एचआरडी कोरियाले नेपाल र कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनोट गरी रोष्टरमा मात्रै राख्ने काम गरेको विषयमा सबैलाई जानकारी हुनुपर्ने बताए ।
‘श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता हुँदैन । हामीले अनलाइनमार्फत पारदर्शीरुपमा नै परीक्षा लिन्छौं । उत्तीर्ण भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गरेर पठाउने हो, श्रमिकको छनोट रोजगारदाताले नै गर्ने व्यवस्था छ’ उनले भने ।
निर्देशक क्वाकका अनुसार कोरियन रोजगारदाताले अनलाइनमार्फत नै श्रमिकको माग गर्ने भएकाले रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबीच कोरियाको श्रम मन्त्रालय मातहतको जव सेन्टरले समन्वय गर्ने बताए ।
उनले रोजगारदाताले तोकेको मापदण्डअनुसार जव सेन्टरले श्रमिकको सूची पठाउने र जव सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनोट गर्ने भएकाले जव सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनोटमा पर्छ भन्ने सुनिश्चितता नहुने बताए ।
उनले भने, ‘रोजगारदातालाई मन परेमा छनोट गर्न पनि सक्छ, नगर्न पनि सक्छ । कोरियाका रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौंले आवेदन दिन्छन् । तर रोजगारदाताले आफूले चाहेको एक जनामात्रै छनोट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौं संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनोट गर्छन् । जव सेन्टरले श्रमिकको सूची पठाउँदा मागभन्दा तीन गुणा बढी पठाउने गरेका छन् । सोही सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छन् ।’
नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको मागभन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । कोरियाले गत फेब्रुअरीदेखि रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परीक्षाका लागि आवेदन लिने नयाँ व्यवस्था गरेको छ । श्रमिक छनोट गर्ने प्रक्रियाको विषयमा गत पुस १३ गते ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा दुई युवकको ज्यान गएको थियोे । निर्देशक क्वाकले गलत सूचना फैलिएर उक्त घटना भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरे ।
यसैगरी? कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ । त्यसैले कोरिया र नेपालबीचको सुमधुर सम्बन्धलाई यथावत राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे ।
कोरिया र नेपालबीच ईपीएसमार्फत कोरिया रोजगारीका लागि सन् २००७ मा सम्झौता भइ सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक ईपीएसमार्फत कोरिया पुगेका थिए । गत वर्ष सन् २०२३ मा नेपालबाट १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै कोरियाले पुरस्कृत पनि गरेको थियो ।
दक्षिण कोरियाले गत वर्षसम्ममा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा यसपटकदेखि सिप बिल्डिङ क्षेत्रमा पनि कामदार लैजान थालेको छ ।
एचआरडी कोरियाको मागअनुसार वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनोट प्रक्रिया एचआरडी कोरिया ईपीएस सेन्टरले गर्छ । कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परीक्षा लिन्छन् र तत्काल रिजल्ट निकाल्छन् । परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई ईपीएस शाखाबाट रोजागरीका लागि फराम भराइ विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठिक भएपछि एप्रुभ गरी रोष्टरमा सूचीकृत गरिन्छ । खाडी र मलेसियाको तुलनामा कम लागतमा जान सकिने कोरियामा कमाइ भने धेरै गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।