logo

मलेसियाकालागि नेपाली राजदूत पौडेलले मलेसियासँग गरेको प्रस्तावप्रति संघको ध्यानाकर्षण

    504   पटक पढिएको


१५ साउन/अर्थ र व्यापार – मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले मलेसिया सरकारसँग ८ बुँदे प्रस्ताव राखेको भन्नेबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञिप्ती जारी गरि आफ्नो धारणा सहित यस्तो ध्यानाकर्षण गराएको हो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भावी प्रधानमन्त्रीको रूपमा चिनाउँदै राजदूत पौडेलले मलेसियासँगसँग ८ बुँदे प्रस्ताव गरेका थिए । जसका कारण अहिले वैदेशिक रोजगार व्यवसायी मात्र नभएर नेपालमा सबै सरोकारवाला निकायमा तरंग नै पैदा भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायलसँग भेट गरेका थिए । सोही भेटका क्रममा नेपाली राजदूत पौडेलले नेपाली श्रमिकको हकहितको लागि भन्दै विभिन्न ८ बुँदे प्रस्ताव राखेका थिए । नेपाल सरकारलाई कुनै जानकारी नदिई नेपाली राजदूत पौडेलले यस्तो प्रस्ताव राख्नु गलत भएको व्यवसायीको भनाई छ ।
वैदेशिक रोजगार व्यवसायी संघले राजदुत पौडेलले राखेको यस्तो प्रस्तावप्रति आपत्ति जनाएको छ । सो प्रस्तावको दोस्रो बुँदामा राखिएको विषयमा व्यवसायीहरूले आपत्ति जनाएका हुन् । दोस्रो बुँदामा राजदूत पौडेलले नेपालमा ट्रेनिङ सेन्टर खोल्ने र त्यहीमा तालिम दिएर दक्ष कामदारलाई मलेसिया जान पाउने भन्ने उल्ल्ेख छ । व्यवसायीहरूले सो बुँदाप्रति आशंका व्यक्त गरेका छन् । नेपालमा ट्रेनिङ दिने सीमित संस्थालाई दिएर यो क्षेत्रमा एकाधिकार कायम गर्न खोज्ने व्यवसायीहरूको आशंका छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले ट्रेनिङ सेन्टरको नाममा सीमित व्यक्तिलाई दिएर मलेसिया जाने नेपाली कामदारमाथि सिण्डिकेड लाद्ने प्रयासमा राजदूत पौडेलको यस्तो प्रस्ताव आएको हुन सक्ने बताए । नेपाललाई ‘वेटिङ प्राइमिनिस्टर’ भन्दै राजदूत पौडेलले मलेसियाका गृहमन्त्रीसँग भेट गराएको व्यवसायीहरूको आरोप छ ।
अहिले यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र श्रम सचिव केवल भण्डारी सहित मन्त्रालयका अधिकारीहरूले सो विषयमा छलफल गरेका थिए । छलफलको क्रममा राजदूतको यस्तो कदम गलत भएको उनीहरुले बताएका थिए ।
मन्त्रालयका एक अधिकारीले मलेसियामा नेपाली राजदूत पौडेलले राखेका एजेण्डा मन्त्रालयको नभएको बताए । दुई पक्षीय सम्झौता भएको देशसँग कुनै विषयमा छलफल गर्दा वा प्रस्ताव गर्दा ज्वाइन्ट कमिटी मार्फत हुने उनले जानकरी दिए ।
‘ज्वाइन्ट कमिटी मिटिङ हुन्छ । हामीले सम्झौता गरेको देशहरू त्यही कमिटी मार्फत मात्र विषय उठान गर्छौ र त्यही बैठकमा छलफल हुन्छ । श्रम मन्त्रीले निर्णय गरेर परराष्ट्र मन्त्रालय हुँदै उताको सम्बन्धित मन्त्रालयमा जान्छ । उताको मन्त्रालयबाट पनि उनीहरूका एजेण्डा समावेश गर्छन’ ती अधिकारीले भने ।
दुई पक्ष सहमत भएपछि मात्र एजेण्डा बन्ने र सो बैठकमा छलफल भएर सरकारलाई कार्यान्वयनका लागि सिफारिस गरिने उनले बताए । ‘यो विषयमा हामीलाई थाहा थिएन । हामीले पनि मिडियामा आएको समाचार पढेर मात्र थाहा पाएका हौँ । राजदुत पौडेलले मन्त्रालयसँग कुनै समन्वय तथा छलफल नगरी त्यसरी एजेण्डा राख्नुहुदैन’ उनले भने ।

राजदूत पौडेलले राखेका प्रस्ताव एवं एजेण्डाप्रति सरकार बेखर छ । तर, वैदेशिक रोजगार व्यवसायीको क्षेत्रमा कृयाशिल संघ संस्थाहरू भने अहिले निकै आक्रोशित भएका छन् । उनीहरूले भावी प्रधानमन्त्रीलाई देखाएर आफ्ना एजेण्डा मलेसियासँग राख्ने र त्यही मार्फत वैदेशिक व्यवसाय क्षेत्रमा सिण्डिकेट लाद्न खोजेको आरोप लगाएका छन ।
केहीदिन अघि त्रिदेशीय भ्रमणका क्रममा माधव नेपाल मलेसिया पुगेका थिए । त्यही क्रममा उनले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायलसँग भेट गरेका थिए । सरकारको कुनै जानकारी बिनै उनले गृहमन्त्रीसँग भेट गरेका थिए । भेटघाटको व्यवस्थापन राजदूत पौडेलले गरेका थिए । पूर्वप्रधानमन्त्री नेपाललाई नेपालको भावी प्रधानमन्त्री भन्दै राजदूत पौडेलले मलेसिया सरकारलाई विभिन्न प्रस्ताव राखेका थिए । मलेसिया सरकारको मार्फतबाट नेपाल सरकारलाई माग राख्न भन्दै पौडेलले विभिन्न ८ बुँदे प्रस्ताव गरेका थिए ।
उनले सुझावको रूपमा नेपालमा ट्रेनिङ सेन्टर खोल्ने र त्यसमार्फत अनिवार्य रूपमा ट्रेनिङ लिएकालाई मात्र मलेसिया पठाउने प्रस्ताव छ । त्यसका लागि स्वार्थ समूहलाई ट्रेनिङ सेन्टर खोल्न दिने र सिण्डिकेट लाद्न खोज्ने योजना रहेको व्यवसायीको आशंक हो ।
नेपाली कामदारकालागि सुरक्षा जाँच (आईएससी), मेडिकल स्क्रिनिङ र एकल प्रवेश भिसा शुल्कको भार मिनाहा गर्ने, मलेसिया बाहिर जाने जाँच हटाउने, मलेसियाको अध्यागमन कानुनविरुद्ध त्यहाँ बसोबास गर्ने नेपालीलाई सहज रूपमा स्वदेश फर्काउनकालागि अनुरोध गर्ने जस्ता विषय रहेका छन् ।
‘माधव नेपाललाई देखाएर यस्ता धन्दा सञ्चाल गराउन खोजेका रहेछन् । उहाँ ‘वेइटिङ प्राईमिनिस्टर’ हो भनेर देखाउने र त्यहीबाट आफ्नो स्वार्थ पुरा गर्न खोजेका हुनसक्ने आशंका व्यक्त गर्दै अध्यक्ष भण्डारीले भने, ‘नेपाल सरकारले मान्दैन । रिसिभिङ देशले भनेपछि मान्न बाध्य हुनुपर्छ । त्यही भएर उसले गरोस् भनेका हुन् ।’ यतिमात्र नभएर राजदूत पौडेलले डिमाण्ड प्रमाणीकरणको नाममा समेत पैसा असुल्ने गरेको आरोप व्यवसायी संघको छ ।
मलेसियामा नेपाली कामदार पठाउन सीमित व्यवसायीमार्फत मात्र पठाउन पहल थालेका छन् । अन्यलाई बन्देज लगाएर आफू निकटका केही मेनपावर व्यवसायीलाई मलेसियामा कामदार पठाउने अधिकार दिन लगाउने र त्यही आधारमा सिण्डिकेट लगाउन खोजेको संघको दावी छ ।
पूर्व श्रम मन्त्री किसान श्रेष्ठले पौडेललाई राजदूत बनाएर मलेसिया पठाएका थिए । संघले माधव नेपाललाई साक्षी राखेर मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले मेनपावर धन्दा गर्न खोजेकोप्रति आपत्ति जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै राजदूत पौडलले आफ्नै धन्दा चलाउन लागेको भन्दै आपत्ति जनाएको हो ।
नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणमा हुने ढिलासुस्ती र श्रमिकलाई परेको अप्ठ्यारोका विषय समाधानभन्दा अर्कै धन्दामा लागेको संघको आरोप छ । मलेसियामा कामदार पठाउन नेपालका सीमित व्यवसायीबाट मात्रै कामदार लिन त्यहाँको गृह मन्त्रालयसँग लबिङ गरेको विषयमा सञ्चारमाध्यममा आएकाले प्रष्ट पार्न दूतावाससँग माग गरेको छ ।
यसैबिच, मलेसियास्थित नेपाली दूतावासले भने पूर्वप्रधानमन्त्री नेपाल ईण्डोनेसिया जाने सिलसिलामा मलेसियामा ट्रान्जिटको रुपमा एक दिने भ्रमणमा आएको जनाएको छ ।
विज्ञप्ती जारी गर्दै दूतावासका प्रथम सचिव वलिराम प्रसाद धामीले पूर्व प्रधानमन्त्री नेपाल लगायतका उच्च व्यक्तित्वहरूको भ्रमणलाई राजदूतावासबाट सहजीकरण हुने जनाए ।
सम्भव भएसम्म उच्चस्तरीय भेटघाटको व्यवस्था मिलाई द्विपक्षीय हितका विषयहरूमा छलफल गराउने व्यवस्था अनुसार नै पूर्व प्रधानमन्त्री नेपालको मलेसियाका गृहमन्त्रीसँग शिष्टाचार भेटघाट भएको धामीले प्रष्ट पारे ।
मलेसियाको गृह मन्त्रालयले नै भिसाको प्रबन्ध गर्ने, निजी सुरक्षा क्षेत्रका कामदारहरूको नियमन गर्ने, अध्यागमन व्यवस्थापन लगायतका विषयहरूमा मुख्य जिम्मेवार निकाय भएकोले भेटको क्रममा मलेसियामा रहेका नेपाली श्रमिकहरूको रोजगारी तथा घर फिर्तीसम्बन्धी विषयहरूमा समेत छलफल भएको सो दुतावासले जनाएको छ ।
यसैगरी, दुतावासले पूर्वप्रधानमन्त्री नेपालको मलेसियाका गृहमन्त्रीसँगको भेट नितान्त निजी र शिष्टाचारपूर्ण मात्र रहेको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।