logo

इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली

    1133   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार – सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरुसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाईएको छ । अहिले भाषा परिक्षा उत्तिर्ण भई इजरायल जाने सबै प्रक्रिया पुरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् । 
सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अन्य देशसँग रोजगारदाताले नै मेडिकल शुल्क तिर्नुपर्ने गरी श्रम समझदारी गरेको सरकारले आफैंले श्रमिक पठाउँदा भने हवाइ टिकट र मेडिकल शुल्क कामदारलाई नै तिराउँदैछ । 
वैदेशिक रोजगार विभागले गत ५ मंसिर देखि आगामी ११ मंसिरसम्मकालागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने कार्यतालिका तय गरेको  छ । सरकारी अस्पतालमा कामदारले स्वास्थ्य परीक्षण गराउन नपाउने गरी स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटी, मनमोहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा मात्रै तोकिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकको मडिकल गर्ने संस्थामा ह्याम्स,मेडिसिटी र स्टार हस्पिटल सूचीकृत पनि नरहेको बताएको छ । वैदेशिक रोजगार विभागले भने नेपालस्थित इजरायली दूतावासको सिफारिसमा मेडिकल छनोट गरेर शुल्क तोकिएको बताएको छ ।
अहिले साउदी अरब जाने श्रमिकले अधिकतम् ५ हजार ५ सय रुपैयाँ र कतार, मलेसिया, यूएई, लगायतका देश जानेले बढीमा  हजार ५ सय रुपैयाँमा मेडिकल गरिरहेका छन् । सरकारी तवरबाटै दक्षिण कोरिया जाने श्रमिकले सरकारी अस्पतालमै परीक्षणको सुविधा पाउने गरेका छन् ।
इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको थियो ।  इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको थियो । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउँछन् ।
छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० रुपैयाँ बराबरको खर्च कामदार आफैंले व्यहोर्नुपर्नेछ ।
यसैगरि, इजरायल जाँदाको भिसा शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण, मेडिकल तथा कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा श्रमिक लैजाने गरी २०७७ सालको ८ माघमा समझदारी गरेको थियो । सोही समझदारी अनुरुप अहिले कामदार पठाउन लागिएको हो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।