logo

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

    3243   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार-  धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक, राष्ट्रिय कलाकार बाट हाँस्यव्यंग्य प्रस्तुत, दहि चिउरा खाने लगायतका कार्यक्रम आयोजना गरिएको रिभर फन बिच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए ।

रोपाईं जात्रामा सहभागी हुन चाहनेले प्याकेजमा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । यो प्याकेजमा दोहोरो यातायात खाजा,रोपाईं जात्रामा खाजा, दहि चिउरा, दिउँसोको बफेट खाजा, साँझको समयमा मटर करी तथा मनोरञ्जन लगायतका सम्पूर्ण सुविधा उपलब्ध हुनेछ । त्यस्तै प्याकेजमा रोपाइ जात्रा टिसर्ट, बे्रकफास्ट, दहि चिउरा प्रदान गरीनुको साथै स्विमिङ पुलमा पौडी खेल्ने, भलिबल, ब्याडमिण्टन, क्यारम बोर्ड खेल्ने लगायतका कार्यक्रम पनि समावेश गरिएको रिसोर्टले जनाएको छ ।

काठमाडौबाट ९९ किलोमिटर टाढा र मनकामना केबल कार बाट ५ किलोमिटर नजिक रहेको रिसोर्टमा रोपाईं जात्रामा सहभागी हुनको लागी ५ बर्ष मुनिका बच्चाहरुको लागी निशुल्क, १० बर्ष मुनिका बालबालिकाहरुको लागी ५० प्रतिशत छुट र १० बर्ष माथिकाहरुको लागी पुर्ण शुल्क लाग्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।