logo

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई

    2431   पटक पढिएको

जेठ २०÷अर्थ र व्यापार- सन् २०१७ को ‘मिस नेपाल’ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकि छिन । मुख्य निर्णायक नेपाल राष्ट्र बैंकका गर्भरन डा.चिरञ्जिवि  नेपालले सोधेको प्रश्न नेपाली नारीहरुले नेपालको आर्थिक विकासमा कस्तो योगदान पु¥याउन सक्छन भन्ने प्रश्नको उत्तर दिएर निकिताले उपाधि हात पारेकि हुन ।

होटल अन्नपूर्णमा आयोजना भएको मिस नेपालको फाईनलमा उनले अन्य १८  जना प्रतिस्पर्धी लाई उछिनेकी हुन । मिस नेपाल बनेसंगै चन्दकले अब ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछिन । चन्दकले भारतको जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीमा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । 

त्यसैगरी यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिना श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी नीति शाहले जितिन् । त्यस्तै सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । यो टाईटल यसै वर्ष देखि थपिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।