logo

हमालको म्यूजिक भिडियो मोह

    2372   पटक पढिएको

२६ कार्तिक / अर्थ र व्यापार - केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको ‘चट्ट बसम देउरालीमा’ बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीतले युट्युबमा २० लाख बढि भ्युज पाएको छ ।

अहिले राजेश चलचित्रको गीतमा कम देखिन्छन् । बरु उनलाई पछिल्लो समय म्युजिक भिडियोमा देख्न पाइन्छ । सोमबार राजेशको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रेनु विष्टको आवाजमा रहेको ‘मैले चोट खाँदा’ बोलको गीतमा राजेशलाई फिचर गरिएको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।

राजेशले सुनिल सिंह ठकुरीको गीतमा पनि अभिनय गरेका छन् । ‘जिन्दगी’ बोलको उक्त गीत राजेश हमालको जीवनको पहिलो म्युजिक भिडियो भएको बताइएको छ । यो गीतको भिडियोमा राजेशले श्रीमति मधु भट्टराईसँग काम गरेका छन् ।

यस्तै, केही दिन अगाडि मात्र रिलिज भएको ‘आमाको आशु’ बोलको म्युजिक भिडियोमा हमाललाई देख्न सकिन्छ । विरही कार्कीको यो गीतमा राजेशसँगै सविन बास्तोला, लक्ष्मी गिरी, अन्जली अधिकारीले पनि अभिनय गरेका छन् ।

राजेशले पछिल्लो समय कुनै चलचित्र साइन गरेका छैनन् । उनले चलचित्र निर्देशन गर्ने चर्चा चलेको पनि लामै समय भयो । तर, उनी चलचित्र बनाउने सुरमा अझै लागेका छैनन् । बरु, म्यूजिक भिडियो, महोत्सव र विदेशमा हुने कार्यक्रममा नै हमाल व्यस्त बनेका छन् ।

चलचित्रमा अभिनय गर्नका लागि सय पटक सोच्ने हमाल म्यूजिक भिडियोमा भने महंगो पारिश्रमिक लिएर खेलिरहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।