३१ जेठ / अर्थ र व्यापार - पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका पुत्र दावाकी आमा भने बेल्जियम नागरिक हुन ।
दावा विगत करिव दुई वर्ष देखि अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको र दावा नम्रता पनि केहि क्षण पनि एक्लै बस्नै नसक्ने उनलाई नजिकवाट चिन्नेहरु वताउँछन ।
उनीहरुको विचको यो प्रेम सम्बन्ध बाहिर त्यति खुलाउन नचाहे पनि दावा आँफैले भने यो सम्बन्धलाई बाहिर देखाउन र खुलाउन चाहिरहेको बुझ्न सकिन्छ । दावा र नम्रता दुवै एक अर्काको प्रेममा रहे पनि परिवारमा यहि विषयलाई लिएर झगडा समेत पर्ने गरेको दावालाई नजिक वाट चिन्नेहरु वताउँछन ।
नम्रताको केहि हप्ता अगाडी मात्र पर्व फिल्म रिलिज भएको थियो । दावा सार्वजनिक कार्यक्रममा नम्रता संगै उपस्थित हुने गरेका छन ।
तपाईको प्रतिक्रिया