logo

यती एयरलाइन्सले जेटस्ट्रिम सिरीजका सबै जहाज हटाउने 

    1341   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले दुई दशकदेखि संचालन गरिरहेको जेटस्ट्रिम सिरीजका सबै जहाज हटाउने भएको छ ।

कम्पनीले सन् २०२३ भित्रै जेटस्ट्रिम सिरीजका सबै जहाज प्रयोगमा नराख्ने गरी गृहकार्य गरिरहेको छ । हाल यतीसँग पाँचवटा जेटस्ट्रिम र पाँचवटा एटिआर–७२ जहाज छन् ।

यतीसँग भएको ब्रिटिस एरोस्पेसले चार दशकअघि उत्पादन सुरु गरेको जेट स्ट्रिम–४१०० सिरीजको प्रयोग विश्व उड्डयन क्षेत्रमै घट्दै गएको छ । साथै यो जहाजको स्पेयर पार्ट्स सहजै र सुपथ मूल्यमा पाउन पनि गाह्रो हुँदै गएको छ । यसले गर्दा ठूला जहाज ल्याउने तयारीमा यती जुटेको हो ।

कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले ठूला जहाजमार्फत आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले यतीले यही वर्ष (सन् २०२१) भित्र एटिआर–७२ सिरिजका र एउटा ट्विनअटर जहाज ल्याउने योजना रहेकोे बताए।

जेटस्ट्रिम सिरीजका जहाज बिक्री अथवा लिजमा नगए सन् २०२३ मा भने यो जहाज फेजआउट नै गर्ने योजना रहेको उनले जानकारी  दिए । उनले नागरिक उड्डयन प्राधिकरणको अनुमतिअनुसार जहाजको आयु थपेर उडान र लिज वा बिक्रीका लागि पनि प्रक्रिया अगाडि बढाउने बताए ।

हाल यतीसँग बाँकी पाँचमध्ये तीनवटा जेटस्ट्रिम ग्राउण्डेड छन् । ती पाँचमध्येकै तीनवटा जहाजको फ्लाइङ आवर भने एकदेखि तीन वर्षसम्म बाँकी रहेको बर्तौलाले जानकारी दिए ।

कोभिड–१९ का कारण हवाई यातायात पुरानै लयमा फर्कि नसकेकाले फुल प्लेजमा उडान हुन नसक्दा यतीको दुईवटा एटिरआर–७२ जहाज पनि ग्राउण्डेड छ ।

सात महिनाअगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाइसकेको यतीले नागरिक उड्डयन प्राधिकरणबाट भने अनुमति पाउने पक्रियामा छ ।

नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएलगत्तै दुईवटा इम्ब्रेअर जहाज ल्याएर भारत, म्यानमार, बंगलादेश, भुटान, श्रीलंका लगायतका मुलुकमा उडान सुरु गर्ने प्रवक्ता बर्तौलाले बताए ।

कम्पनीले गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बेस बनाएर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजना बनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।