२८ मंसिर / अर्थ र व्यापार - काठमाडौ–सेञ्चुरी बैँक, अल्पाईन डेभलपमेन्ट बैँक र सेती फाईनान्स बीच एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको शुभारम्भ मंसिर २४ मा नेपाल राष्ट्र बैँकका चिरञ्जीवि नेपालले गरेका थिए । सेञ्चुरी कमर्सियल बैँकले ८ अर्ब पूंजी पुर्याउने लक्ष्यका साथ “ख” वर्गको अल्पाईन डेभलपमेन्ट बैँक र “ग” वर्गको सेती फाईनान्सलाई (एक्विजिशन) गरी एकीकृत कारोबारको सुरुवात गरेको हो ।
एकीकृत कारोबार पश्चात बैँकको चुक्तापूंजी ७ अर्ब ६८ करोड,निक्षेप ४९ अर्ब ,कर्जा ४५ अर्ब रहेको छ भने नेपालभर ८५ वटा शाखा कार्यालय रहेका छन् ।
बैँकले बोनस शेयर जारी गरी ८ अर्बको पुंजी पुर्याउने जनाएको छ भने १ सय भन्दा बढी शाखा कार्यालयहरु पनि विस्तार गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया