logo

नेपालमा ठूला जलविद्युत् परियोजना निर्माणका क्षेत्रमा भियतनामका लगानीकर्ताको चासो

    1226   पटक पढिएको

६ पुस /अर्थ र व्यापार - नेपाल चेम्बर अफ कमर्सले भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने चासो व्यक्त गरेको जनाएको छ । भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलले त्यहाँका लगानीकर्तासँग गरेको भेटमा सो चासो ब्यक्त गरिएको हो । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलले त्यहाँका लगानीकर्तासँग गरेको भेटमा नेपालमा जलविद्युत् क्षेत्रमा प्रचूर सम्भावना रहेकाले ठूला जलविद्युत् परियोजना निर्माण गर्ने चासो व्यक्त गरेको बताए ।

प्रतिनिधिमण्डल र भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामिलासम्बन्धी प्रमुख माइ अन्ह थाइबीच आज भएको भेटमा समेत पर्यटन विकास, पूर्वाधार विकास, बैंकिङ सहकार्य तथा व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदानलगायत विषयमा छलफल भएको थियो ।

सो क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम सम्बन्ध र दुइ–पक्षीय व्यापारको विषयमा धारणा राखेका थिए । नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न भन्दै चेम्बर प्रतिनिधिमण्डल साताव्यापी थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।