logo

अपरपराजुली खोला हाइड्रोपावरको निर्माण अन्तिम चरणमा

    1611   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निमार्ण गरिरहेको अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत आयोजना’ अन्तिम चरणमा पुगेको छ । ५५ करोड रूपैयाँको लागतमा निर्माण भईरहेको आयोजनामा वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिइएको छ ।

कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताए ।  उक्त विद्युत आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेगा बैंकको ७० प्रतिशत र शेयर सदस्यको ३० प्रतिशत लागतमा निर्माण भईरहेको छ । 

विद्युत प्राधिकरणसँग सुक्खा मौसममा प्रतियुनिट ८.८० रूपैयाँ र वर्षातको समयमा ४.८० रूपैयाँका दरले खरीद बिक्रीको सम्झौता गरेको छ । उक्त कम्पनीले विद्युत उत्पादनका लागि दुई हजार ७०० मिटर कुलो निर्माण गरी एक हजार ४४० मिटर पाइपलाइन तल झार्ने जनाएको छ । आयोजनाबाट वार्षिक ६ करोड ६१ लाख ४५ हजार रूपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।