१३ जेठ /अर्थ र व्यापार - अपर तामाकोशीले असार ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको २०४औं सञ्चालक समितिको बैठकले सर्वसाधारण समुहबाट चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सहित ११औं साधारणसभाको मिति तय गरेको हो ।
कम्पनीले गत वर्ष सर्वसाधारण समुह तर्फको शेयर निष्काशन गरेको थियो । विभिन्न चरणको शेयर निष्काशन सम्पन्न भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालु आर्थिक वर्ष २०७५र७६ को लागि लेखपरीक्षक नियुक्त गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका विभिन्न सामाजिक संस्थाहरुलाई प्रदान गरिएको आर्थिक सहियोग बापतको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ २० गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउने छन् ।
तपाईको प्रतिक्रिया