८ माघ/ अर्थ र व्यापार- काठमाडौं– रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा सोमबार बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकाल तथा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।
यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले बैंकमार्पmतआफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ८ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया