logo

आर्थिक संकट गहिरिएपछि ३४ वटा जहाज बिक्री गर्दै थाइ एयरवेज

    1586   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार– थाइ एयरवेजले आफ्ना ३४ वटा पुराना जहाजहरु बिक्रीमा राखेको छ । 

कम्पनीले आर्थिक संकट गहिरिदै गएपछि आफ्नो बोइङ, एयरबस लगायत ब्राण्डका अधिकतम २८ वर्षसम्म पुराना जहाजहरु बिक्रीमा राखेको हो ।

ठूलो ऋणभारबाट मुक्ति पाउनको लागि जहाज बिक्री गर्नुको विकल्प नदेखिएको कम्पनीका अधिकारीहरूले बताएका छन् । थाइल्याण्ड स्टक एक्सचेन्जका अनुसार कम्पनीको ऋणमात्र तीन सय ३२ बिलियन भाट रहेको छ।

कम्पनीले सन् १९९३ देखि २००३ सम्म उत्पादित १० वटा बोइङ ७४७–४००एस, सन् १९९६–१९९८ सम्मका ६ वटा बोइङ ७७७–२०० एस, सन् १९९८–२००० सम्म उत्पादित ६ वटा बोइङ ७७७–३०० एस सिरिजका जहाज बिक्री गर्ने निर्णय गरेको कम्पनीले सूचना जारी गरेको छ। कम्पनीले सन् १९९२–१९९३ मा उत्पादित दुई बोइङ ७३७–४०० एस सिरिजको जहाज पनि बिक्रीका लागि राखेको जनाएको छ। 

यसैगरी, कम्पनीले एयरबस ब्राण्डको १० वटा जहाज पनि विक्री का लागि राखेको छ । कम्पनीले  सन् २००५–२००८ सम्म उत्पादन भएका ६ वटा एयरबस ३४०–६००एस, सन्  २००५ देखि सन् २००७ सम्म उत्पादन भएका तीन एयरबस ३४०–५००एस र सन् १९९३ मा उत्पादित एउटा एयरबस ३००–६०० सिरिजको जहाज पनि बिक्रीका लागि राखिएको छ। 

गत साता जहाज खरिदका लागि आह्वान गरेको कम्पनीले शुक्रबारसम्मका लागि समयसीमा तोकेको छ। बिक्री भएका जहाज आउँदो सन् २०२१ को दोस्रो चौमासिकमा डेलिभरी दिने कम्पनीले जनाएको छ । 

ठूलो संख्यामा कर्मचारी कटौती गरेको कम्पनीले ऋणभार कम गर्न रेस्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।