logo

तल्लो हेवाखोला जलविद्युत आयोजनाको व्यावसायिक विद्युत उत्पादन मिति स¥यो

    1534   पटक पढिएको

४ असार / अर्थ र व्यापार - तल्लो हेवाखोला जलविद्युत आयोजनाको व्यावसायिक विद्युत उत्पादन मिति सरेको छ । २२.१ मेघावाट क्षमताको आयोजनाको यहि असार ६ गते सिओडी तय भएकोमा आयोजनाको सुरुङमार्गभन्दा बाहिरको पेनस्टक पाइपमा पानी चुहिएपछि व्यावसायिक उत्पादन मिति पर सरेको तल्लो हेवाखोला जलविद्युत आयोजनाको प्रवर्द्धक माउन्टेन हाइड्रोका अध्यक्ष सिताराम तिम्सिनाले जानकारी दिए ।

काबेली करिडोर प्रशारणलाइन निर्माणमा ढिलाई हुँदा आयोजनाको विद्युत खेर जाने भन्दै एक वर्ष अघिनै प्राधिकरणलाई दवाव दिएको हेवाखोलाले अब तोकिएको समयमा विद्युत उत्पादन नगरेवापत उल्टो प्राधिकरणलाईनै जरिवाना तिर्नुपर्ने भएको छ ।
प्राधिकरणले गत महिनानै तल्लो हेवाखोला जलविद्युत आयोजनासम्म काबेली करिडोर प्रशारण लाइन पुर्याईसकेको छ । प्राधिकरणले प्रशारणलाइन पुर्याउन नसकेको भए प्राधिकरणले आयोजनालाई जरिवाना तिर्नुपर्ने थियो । प्राधिकरणको टोलीले असार ९ गतेदेखि आयोजनाको सुख्खा परिक्षण (ड्राइटेस्ट) गर्ने तय भएको छ । तोकिएको समयमा विद्युत उत्पादन नगरे जरिवाना तिर्नुपर्ने व्यवस्था छ। प्राधिकरणले के कति जरिवाना गराउँछ वा गराउँदैन, त्यो भने व्यावसायिक उत्पादन सुरु भएपछि मात्र थाहा हुने तिम्सिनाले बताए ।

असार ९ गतेबाट १५ दिनसम्म आयोजनाको सुख्खा परिक्षण गरेपछि ढिलोमा पनि असारभित्र तल्लो हेवाबाट व्यावसायिक विद्युत उत्पादन सुरु हुने तिम्सिनाको दावी छ। तर एउटा आयोजनाको सुख्खा परिक्षण गर्न भने तीन महिनासम्म समय लाग्ने गरेको ऊर्जा क्षेत्रका जानकारहरु बताउँछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।