logo

बीमा समितिको एक्चुरीद्वारा सुर्या लाइफको एक्चुरी स्वीकृत

    1403   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार - सुर्या लाइफको एक्चुरीलाई बीमा समितिको एक्चुरीले स्वीकृत गरेको छ । अहिले विभिन्न नौ वटा बीमा कम्पनीहरुले बीमा समितिमा अघिल्ला आर्थिक वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृतका लागि पेश परेका छन् ।
समितिले सूर्य लाइफको एक्चुरी भ्यालुएसने रिपोर्ट बोर्डमा पठाएको छ भने अन्य आठ वटा कम्पनीको रिपोर्ट अध्ययनको क्रममा रहेको छ । बाँकी रहेका रिपोर्टको एक्चुरी भ्यालुएसका लागि भारतमा पठाउने तयारी गरेको छ ।

समितिको भारतमा रहेको एक्चुरीले ती कम्पनीको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृत गरेपछि समितिले प्रकाशित गर्न अनुमति दिने छ । समितिमा सूर्य लाइफका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्राइम लाइफ, मेट लाइफ, प्रभु लाइफ, सिटिजन्स लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

वित्तीय विवरणलाई कम्पनी र बीमा समिति दुबैले आ–आफ्नो एक्चुरीसँग भ्यालुएसन गराउँछन् । सम्बन्धित इन्स्योरेन्स कम्पनीकोे एक्चुरीले पठाएको भ्यालुएसन बीमा समितिमा बुझाएपछि कम्पनीले बुझाएको एक्चुरी भ्यालुएसनलाई बीमा समितिले आफ्नो एक्चुरीबाट पुन मूल्यांकन गराउने गर्दछ । बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गरेपछि अहिलेसम्म कुनैपनि बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन् ।

तर, यो वर्ष सबैभन्दा पहिलो एक्चुरी भ्यालुएसनको स्वीकृति नेपाल लाइफले गराइसकेको छ । दोस्रो भने सूर्य लाइने हुने देखिएको छ । एक्चुरी भ्यालुएसनका आधारमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्छन् । एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि बीमा समितिबाट ब्यालेन्सिट स्वीकृत भएपछि कम्पनीहरुको सञ्चालक समितिले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्दछन् । बीमा समितिको नियम अनुसार वार्षिक वित्तीय विवरण स्वीकृत नगराई लाभांश घोषणा गर्न पाइँदैन । बीमा समितिले वित्तीय विवरणलाई स्वीकृत बीमा कम्पनीको संचालक समितिले लाभांश घोषणा गर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।