२७ जेठ /अर्थ र व्यापार - सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ । मङ्गलवार प्रस्तावित लाभांश पारितका लागि आयोजना गर्न लागिएको साधारण सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ६३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
हाल रू १ अर्ब १३ करोड १९ लाख चुक्तापूँजी भएको कम्पनीले ७० प्रतिशत हकप्रद जारी गर्न गत मङ्सिरमै अनुमति पाईसकेको छ । हकप्रद र बोनसपश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब नाघ्नेछ ।
तपाईको प्रतिक्रिया