१९ जेठ /अर्थ र व्यापार - सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको बुक क्लोज जेठ २८ गतेदेखि बन्द गरिनेछ । एघारौं वार्षिक साधारण सभाका लागि कम्पनीले जेठ १७ गते बसेको संचालक समितिको बैठकबाट एघारौं वार्षिक साधारण सभा असार १३ गते बुधबार कार्यालय स्थान विराटनगरमा हुने भएको छ ।
बैशाख २७ गते सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाखको १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।
सभाका लागि बुक क्लोज जेठ २८ गतेदेखि असार ४ गतेसम्मका लागि बन्द गरिने निर्णय भएको हो ।
तपाईको प्रतिक्रिया