१३ मंसिर / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्डले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीलाई चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ७९ करोड २३ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन गरेको दुई अर्ब रुपैयाँ जुटाउन कम्पनीलाई अझै ८ करोड रुपैयाँ आवश्यक पर्छ । गत आर्थिक बर्षको जगेडा कोषमा २७ करोड ५६ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको साधारणसभा गर्न बाँकी रहेकोले कम्पनीले नपुग पूँजीको लागि बोसन शेयर मार्फत जुटाउन सक्ने देखिन्छ ।
कम्पनीले पूँजी जुटाउने क्रममा गत असारमा पनि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । बीमा समितिको पूँजी जुटाउने निर्देशनसँगै कम्पनीले ५० करोड रुपैयाँको पूँजीबाट एक अर्ब ९२ करोड रुपैयाँ पु¥याउने भएको हो ।
तपाईको प्रतिक्रिया