logo

दोस्रो पटक स्तरोन्नती गरिँदै सुर्खेत विमानस्थल

    2150   पटक पढिएको

१७ मंसिर/अर्थ र व्यापार– २०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको दोस्रो पटक स्तरोन्नती हुने भएको छ ।

प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतीका लागि भएको सम्झौता अनुसार विमानस्थलको स्तरोन्नती हुने भएको हो । 

सम्झौता अनुसार करिब तीन सय मिटर धावन मार्ग विस्तार गर्नका लागि करिब ३० बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएको छ । मुआब्जा वितरणका लागि प्रदेश र संघीय सरकारले ५०/५० प्रतिशत खर्चिने छन् भने आवश्यक बजेट दुवै सरकारले थप गर्ने सहमति भएको छ ।

सुरुवातमा १ हजार मिटर लम्बाई रहेको सुर्खेत विमानस्थलको ६ वर्षअघि २ सय ५५ मिटर विस्तार गरी १ हजार २ सय ५५ मिटर पु¥याइएको छ । अब दोस्रो पटक ३ सय मिटर धावन मार्ग विस्तारित भएपछि विमानस्थलको लम्वाई  १ हजार ३ सय ५५ मिटर पुग्नेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विमानस्थलको उत्तर, दक्षिण, पूर्व, पश्चिम के कति जग्गा अधिग्रहण गर्नेकुरा प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर टुंगो लगाउने बताए । 

प्रारम्भिक निष्कर्ष अनुसार धावन मार्गको उत्तरतर्फ विस्तारका लागि लम्बाइ चार सय ६० मिटर, दक्षिणतर्फ करिब दुई सय मिटर र चौडाईतर्फ एक सय ६० मिटर क्षेत्र गरी करिब ३० बिघा जग्गा अधिग्रहण गर्न सकिने बताएको छ ।

हाल एक हजार दुई सय ५५ मिटर रहेको धावन मार्ग अब १५ सय मिटरसम्म विस्तार भए ७२ सिटे ठूला जहाज उडान र अवतरण हुने छन् । सुर्खेत विमानस्थल साँघुरो भएकै कारण मुस्किलले ४८ सिटे जहाज बाहेक ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।