२६ फागुन /अर्थ र व्यापार - शिवम् सिमेन्टस् लिमिटेडकोे सञ्चालक समितिले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ । सम्झौतापत्रमा शिवम् सिमेन्टस् लिमिटेडका तर्फबाट सञ्चालक रोहित गुप्ता तथा शेयर रजिष्ट्रारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । यससँगै उक्त कार्य गर्नका लागि फागुन २२ गते बुधवार सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार शिवम् सिमेन्टस् लिमिटेडकोे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरबालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलले गर्नेछ । सम्पूर्ण शेयरधनीहरु लगायत सर्वसाधारणको लागि कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुने ब्यहोरा शिबम् सिमेन्टले जनाएको छ ।
तपाईको प्रतिक्रिया