logo

शिवम् सिमेन्टद्वारा ४ अर्ब ८४ करोड ऋण लिइने

    1058   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - शिवम् सिमेन्टले ४ अर्ब रुपैयाँ ऋण लिने भएको छ । शिवम् सिमेन्टले दीर्घकालिन रुपमा फण्ड बेसको लागि २ अर्ब १२ करोड तथा अल्पकालिन रुपमा फण्ड बेसको लागि २ अर्ब १२ करोड र अल्पकालिन रुपमा नन फण्ड एलसीको लागि ६० करोड रुपैयाँ ऋण लिन लागेको हो ।

यसको लागि शिवम् सिमेन्टले क्रेडिट रेटिङ गराएको छ । ५० करोड भन्दा बढीको ऋण लिनको लागि अहिले रेटिङ गराउनुपर्ने व्यवस्था रहेको छ । रेटिङ ऐजेन्सी इक्रा नेपालले शिवम् सिमेन्टले लिन लागेको दीर्घकालिन खालको फण्ड बेसको २ अर्ब १२ करोड रुपैयाँ ऋणको लागि एल ए रेटिङ दिएको छ । अल्पकालिनको लागि एवन रेटिङ दिएको छ । वार्षिक १० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भएको शिवम् सिमेन्टले गतवर्ष सर्वसाधारण तथा आयोजना प्रभावितलाई सेयर जारी गरेको थियो ।

प्रिमियममा आयोजना प्रभावितलाई प्रतिकित्ता २०० र सर्वसाधारणलाई ३०० दरको सेयर जारी गरेको थियो । गतवर्षको नाफाबाट शिवम् सिमेन्टले प्रति सेयर १५ रुपैयाँ नगद लाभांश दिएको छ
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।