८ बैशाख /अर्थ र व्यापार - शिवम् सिमेन्टद्वारा गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न भोलि सोमबार तेस्रो वार्षिक साधारणसभा आयोजना हुने भएको छ ।
कम्पनीले लगानीकर्तालाई प्रतिशेयर १५.७९ प्रतिशतका दरले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गरेको थियो । उक्त लाभांश चैत २५ गतेसम्म शेयर कारोबार गरी वैशाख २ गतेसम्म कायम रहेका शेयर सदस्यले प्राप्त गर्ने छन् ।
तपाईको प्रतिक्रिया