२४ जेठ / अर्थ र व्यापार - शिवम् सिमेन्ट्स लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सेयर बिक्री गरेपछि डाकेको साधारणसभाले सेयर वितरण गरेको दुई महिनामै उक्त प्रस्ताव परित गरेको हो ।
कम्पनीले ६९ करोड ४७ लाख रुपैयाँ नगद बाँड्न लागेको जनाउँदै सञ्चालक पनि चयन गरेको छ । तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारणको तर्फबाट अलका गोयल निर्विरोध सञ्चालक चयन भएकी छिन् । कम्पनीका अनुसार सभामा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया