२५ बैशाख /अर्थ र व्यापार - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको तेस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ९३ लाख रुपैयाँ भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २० करोड २० लाख रुपैयाँ कमाएको थियो ।
२ अर्ब ३२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा माईले अन्य जगेडामा ६ करोड ९६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग छुटाएको छ । कम्पनीको ग्रस नाफा ७ दशमलव २४ प्रतिशतले बढेर ५४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । खुद संचालन मुनाफा ३ दशमलव ९५ प्रतिशतले बढेर ४४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ ।
सानिमा माईको प्रतिशेयर आम्दानी ९ दशमलव ८८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ९७ रुपैयाँ रहेको छ । कम्पनीको बजार शेयर मुल्य २ सय ४३ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया