logo

सानिमा लाइफ इन्स्योरेन्सको घातक रोगको स्वास्थ्य सुरक्षा बीमा योजना सार्वजनिक

    1640   पटक पढिएको

१९ असार / अर्थ र व्यापार - सानिमा लाइफ इन्स्योरेन्सले ११ घातक रोगको स्वास्थ्य सुरक्षा बीमा योजना ल्याएको छ ।  उक्त बीमा योजनाअन्तर्गत बीमा प्रस्तावकले निर्धा्रित बीमा शुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछन्  । बीमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा शर्तहरूको परिधिभित्र रही मुल बीमाङको आधारमा ५० लाख रुपैयाँसम्म बीमा सुविधा एकमुष्ट प्रदान गरिने सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ । 

यस कम्पनिले प्रस्तुत गरेको घातक रोग रक्षावरण योजनाबाट जीवन सुरक्षाका लागि अधिकतम् लाभ लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले  कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकतापर्ने गरी भएको मृगौला विफलता,  निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, मुख्य अंगरबोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, प्राइमरी पलमोनरी आटिरिअल हाइपरटेन्सर, कडा प्रकृतिको प्रथम हृदयघात, स्थायी प्रकृतिको मष्तिष्क घात, विषेश कडा प्रकृतिको कोमा, एओर्टा ग्राफ्ट शल्यक्रिया, कोरोनरी धमनी बाइपास ग्राफ्टलाई सो सुविधान दिने भएको छ ।  

त्यस्तै घातक रोग बीमा सुविधाअन्तर्गत ५० हजारदेखि ५० लाख रुपैयाँसम्म हुनेछ । प्रवेश गर्ने उमेर १८ वर्षदेखि ५५ वर्षसम्म रहेको छ भने अधिकतम् बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्मको रहेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ । त्यसबाहेक घातक रोग निरूपण अवधि ३० दिन कायम गरिएको सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।