२९ बैशाख/ अर्थ र व्यापार - सगरमाथा इन्स्योरेन्सको शेयरमा खरिदकर्ताको चाप बढेको छ । कम्पनीले ८६ प्रतिशत बोनस सेयरको घोषणाले खरिदकर्ताको चाप बढेको हो । स्टकको मार्केट डेप्थ अनुसार बजार खुलेको केही समयमा नै सगरमाथामा खरिद गर्न चाहनेहरु अत्याधिक बढेका छन् ।
मार्केट डेप्थ अनुसार अहिलेसम्म सगरमाथा खरिदको लागि २५ हजार ४७५ कित्ता सेयर खरिदका लागि अर्डर छ । यस्तै बिक्रीका लागि ८ हजार ४६ कित्ता अर्डरमा रहेको छ । ८६ प्रतिशत बोनस सेयर घोषणासँगै यसको सेयर मूल्य कारोबार सुरु भएको ३० मिनेट नहुँदै प्रतिकित्ता १०० रुपैयाँले बढेको छ । अहिले यसको सेयर मूल्य १६३० पुगेको छ ।
तपाईको प्रतिक्रिया