२० चैत्र /अर्थ र व्यापार - रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिन्ह(एनएस) प्राप्त गरेको छ । शंकर समूह र अम्बे समूहको १० अर्ब रुपैयाँ लगानीमा स्थापित रिद्धिसिद्धि सिमेन्ट उद्योगको ओपिसी ब्राण्डले एनएस पाएको हो ।
नेपालमा सिमेन्ट र डन्डीमा यो दुबै समूह पायोनियर मानिन्छ। शंकर समूहको जगदम्बा र अम्बे समूहको हाइटेक सिमेन्ट बजारमा स्थापित ब्राण्ड हुन । शंकर समूहले नेपालकै सबैभन्दा ठूलो डन्डी उद्योग जगदम्बा स्टील संचालन गरिरहेको छ भने अम्बेको अम्बे स्टील पनि स्थापित ब्राण्ड हो । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैंनीले रिद्धिसिद्धिले ओपिसी ब्राण्डमा एनएस पाएको जानकारी दिए ।
कम्पनीले एनएस पाएपछि अब ओपिसी ब्राण्डमा प्रतिस्पर्धा हुनेछ । अहिले शिवम सिमेन्ट र अर्घाखाँची सिमेन्टबीच नेक टु नेक प्रतिस्पर्धा थियो । अब रिद्धिसिद्धि पनि प्रतिस्पर्धामा थपिएको छ ।
तपाईको प्रतिक्रिया