२५ फाल्गुन/ अर्थ र व्यापार - रिलाइन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबारबाट ललितपुरको लगनखेलमा पनि शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा विस्तार गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बीच शाखा विस्तार गर्दै कम्पनीका अध्यक्ष ताराचन्द केडियाले व्यवसाय विस्तार गर्न शाखा विस्तारको कामलाई उच्च प्राथमिकता दिइएको बताए । कम्पनीले चैत्र मसान्त भित्र १६ वटा शाखा विस्तार गर्ने योजनासार्वजनिक गरेको छ ।
कम्पनीले २०७४ साल मंसीर १ गतेबाट विमा सेवा शुभारम्भ गरेको थियो। जीवन विमा व्यवसायलाई फराकिलो पार्दै लैजाने कम्पनीको योजना छ । कम्पनीका अध्यक्ष केडियाले यस आर्थिक वर्षको अन्त्यसम्म २५ वटा शाखा संचालनमा ल्याउने लक्ष्य लिइएको जनाए ।
तपाईको प्रतिक्रिया