१३ फागुन / अर्थ र व्यापार - काठमाडौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रजनिसकुमार सिंहलाई नियुक्त गरेको छ । रामनृत्य शर्माले राजिनामा गरेपछि सञ्चालक समितिले सिंहलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
सिंह आगामी चार बर्यका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन् । सिंहले १२ बर्षदेखि सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्। बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका उनले त्यहाँ ८ बर्ष बिताएका थिए ।
तपाईको प्रतिक्रिया