logo

प्रिमियर इन्स्योरेन्सद्वारा असार ३१ गते वार्षिक साधारणसभा आह्वान

    1257   पटक पढिएको

११ असार / अर्थ र व्यापार - प्रिमियर इन्स्योरेन्स कम्पनीले असार ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । चालु आर्थिक वर्षदेखि लागु गरिएको एनएफआरएस प्रणालीले गर्दा साधारणसभा ढिला भएको भएको हो ।

कम्पनीले साधारणसभामा हाल कायम चुक्ता पुँजीको ८४ प्रतिशत बोनस शेयर शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी ५४ करोड ४० लाख रुपैयाँ छ । बोनस शेयरपछि कम्पनीको पुँजी एक अर्ब ७ करोड रुपैयाँ पुग्नेछ । साधारणसभा प्रयोजनको लागि असार २० गतेदेखि बुक क्लोज गर्ने छ । असार १९ गतेसम्म कायम शेयरधनीहरुले घोषणा गरिएको बोनस शेयर पाउने छन् । बीमा समितिले मर्जर पोलसी ल्याएसँगै कम्पनीले साधारणसभामा उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव अगाडि सारेको छ ।

कम्पनीले हरेक वर्ष बोनस शेयर दिँदै आएको छ । चार वर्ष अगाडि ११५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेर पुँजी बलियो बनाएको कम्पनीलाई बीमा समितिको पुँजी बृद्धि योजनापछि हकप्रद शेयर निष्कासन गर्नु परेन । एफपिओ निष्काशन गरेर जगेडा कोष बलियो बनाएको कम्पनीले गत आर्थिक वर्षको नाफा तथा जगेडाबाट बोनस शेयर दिन सफल भएको हो। नगद लाभांशभन्दा बोनस शेयर दिएर पुँजी थप्दै आएको कम्पनी निर्जीवन बीमा कम्पनीहरुमा राम्रो कम्पनीको रुपमा परिचित छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।