२८ पुस/अर्थ र व्यापार– इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ ।
इजीले ट्याक्सी नेपालले मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको छ ।
इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुविधा उपलब्ध गराउने समझदारी पत्रमा इजी ट्याक्सीका प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभुका सन्चित बज्राचार्यले हस्ताक्षर गरेको हो ।
सम्झौतापछि बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रूपमा हुने इजी ट्याक्सीका सिइओ पौडेलले विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया