२४ असार / अर्थ र व्यापार - प्रभु इन्स्योरेन्सको साउन १७ गते २३ औँ वार्षिक साधारण सभा हुने भएको छ । तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द (बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा बार्षिक प्रतिवेदनमा माथि छलफल हुनेछ, साथै आर्थिक वर्ष २०७४र०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने कार्यतालितका रहेको छ ।
तपाईको प्रतिक्रिया