२९ माघ/ अर्थ र व्यापार- काठमाडौँ – गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ । गृहले आइतबार एसएसपी रविन्द्र धानुकलाई हटाएर एसएसपी विश्वराज पोखरेललाई ल्याएको छ ।
पोखरेलले सोमबारबाट कार्यभार सम्हाल्ने प्रहारी प्रधान कार्यालय स्रोतले बताएको छ । पोखरेल महागरीय आयुक्त कार्यालय इन्टेलिजेन्स शाखामा थिए । उनले एसपीको रुपमा काठमाडौं परिसरमा काम गरिसकेका छन् ।
पछिल्लो समय पूर्व डिआइजी नवराज सिलवाल जोडिएको किर्ते अनुसन्धानको छानविनमा धानुकको भूमिकाप्रति हेडक्वाटर र गृह असन्तुष्ट थियो । एसएसपी र डिआइजिको सरुवा अधिकार गृहमन्त्रीमा छ ।
तपाईको प्रतिक्रिया