२२ बैशाख /अर्थ र व्यापार - नेप्सेमा पाँचथर पावर कम्पनीको बैशाख २२ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको छ । कम्पनीको आईपिओ बाँडफाँडको दुई महिना पछि कारोबार खुलेको हो ।
नेप्सेले पाँचथर पावरको शेयर कारोबारका लागि पिपिसीएल (PPCL) संकेत दिएको छ । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८६ रुपैयाँ ६२ पैसा देखि अधिकतम २५९ रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
यसअनुसार पिपिसीएल कारोबार संकेतमा तोकिएको ओपनिङ्ग रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार आइतबार सुचारु हुनेछ ।
तपाईको प्रतिक्रिया