२९ बैशाख /अर्थ र व्यापार - ओरिन्टल होटल लिमिटेडको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफा २० करोड ७४ लाख रुपैयाँ भएको छ । गत वर्षको तुलनाभन्दा ६ दशमलव ३२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा १९ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १ अर्ब ८ करोड १४ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको रेभिन्यु ८७ करोड ६१ लख रुपैयाँ आर्जन गरेको छ । जसको ग्रस नाफा ७ दशमलव ५६ प्रतिशतले बढेर ७६ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने खर्च शुन्य दशमलव १२ दशमलव ०४ प्रतिशतले बढेर ५२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १९ दशमलव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय दशमलव ६६ र प्रतिशेयर बजार मुल्य ४ सय ३६ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया