१० पुस / अर्थ र व्यापार - काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा आगामी ४ वर्षको लागि पुनः नियुक्त भएका अध्यक्ष उत्तम भ्लोनले आइतबार बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्रीनारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७४ मा बैंक तथा वित्तीय संस्थाका नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण लिनुपर्ने प्रावधान रहेको छ । उक्त शपथ ग्रहण कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका अन्य पदाधिकारीहरु लगायत वित्तीय संस्थाका सञ्चालकहरु तथा कम्पनी सचिवको उपस्थिति रहेको थियो ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एनएमबि बैंकको सहाक कम्पनी हो । एनएमबि माइक्रोफाइनान्सले हाल ७५ वटा शाखा तथा उपशाखाहरु मार्फत ६१,८७० जना महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।
तपाईको प्रतिक्रिया