logo

एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त

    2469   पटक पढिएको


 ५ चैत्र/ अर्थ र व्यापार - एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदबाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको जनाएको छ । 
सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेका अनुसार न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै बेकले प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एसिया नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको जनाएको छ । 
नवनियुक्त बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकका ग्राहकहरूलाई उत्कृष्ट, सरल एवं सुलभ बैंकिङ सेवा प्रदान गरी सर्वांगिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिबद्ध रहन सबै ग्राहक महानुभाव, कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट जोडिनु भएका सबै वर्गमा अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।