२१ फागुन / अर्थ र व्यापार - काठमाडौं–मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुर लगनखेलमा सञ्चालनमा ल्याइएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले सो शाखाको समुद्घाटन गरेका हुन् ।
उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा व्याख्या गरेका थिए ।
समुद्घाटन कार्यक्रममा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरेका थिए । बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।
तपाईको प्रतिक्रिया