३ पुस/ अर्थ र व्यापार - नेपाल टेलिकमले लाभांश प्रस्ताव गरेको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रतिशेयर ५५ (५५ प्रतिशत नगद लाभांश) रुपैयाँ दिने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
कम्पनीले विगत सात वर्षदेखि प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको छ । गत आर्थिक वर्ष कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिएको थियो ।
तपाईको प्रतिक्रिया