१७ बैशाख/ अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्सद्वारा निष्काशन गरिएको ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्ने बैशाख १७ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले १९ औं वार्षिक साधारण सभाका लागि बैशाख १९ गते बुकक्लोज गर्दैछ ।
बैशाख १८ गते मजदुर दिवसको सार्वजनिक बिदा परेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको उक्त लाभांश पाउनेछन् । कम्पनीको शेयर बैशाख १६ गते सोमबार प्रतिकित्ता एक हजार ३१६ रुपैयाँमा कारोबार भएको छ । नेपाल लाईफ आर्थिक वर्ष २०७४र७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी हो। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९ः३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेका छन् ।
तपाईको प्रतिक्रिया