२७ बैशाख /अर्थ र व्यापार - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्रीमा आवेदन नपरेका शेयरलाई लिलामीबाट बेच्ने भएको छ । बिमा कम्पनीले गत फागनु २१ देखि चैत २५ सम्म गरेको निष्काशन गरेको शेयरमा आवेदन नपरेकालाई लिलामीमा बेच्ने भएको हो । कम्पनीको १ लाख ४७ हजार १०२ कित्ता शेयर लिलामीबाट बिक्री गरिने भएको छ ।
यो बिमा कम्पनीले संस्थापक समूहतर्फको २ हजार ५११ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ४४ हजार ५९१ कित्ता शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ । यसको शेयर खरिद गर्न न्युनतम एक सय रुपैयाँमा आवेदन दिनुपर्ने छ । यसको बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड हो । यसको प्रतिशेयर कारोबार हाल ४०१ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया