logo

सरकारले साढे चार करोडको लागतमा खाद्य प्रयोगशाला स्थापना गर्ने

    1143   पटक पढिएको

 

१० मंसिर / अर्थ र व्यापार - सरकारले साढे चार करोड रुपैयाँको लागतमा खाद्यान्न परीक्षण गर्न अत्याधुनिक उपकरणसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ । भारत सरकारको ४ करोड ४२ हजार रुपैयाँको सहयोगमा प्रयोगशाला स्थापना गर्न लागिएको हो । 

नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यालय भद्रकालीमा तीन तले भवनसहितको भ्ज्एृप्रयोगशाला स्थापना गरिने छ । संस्थानका नायव महाप्रबन्धक श्रीमणिराज खनालले खाद्यान्न परीक्षण गर्नका लागि आधुनिक प्रयोगशालाका भवन निर्माण भइसकेको बताए । “प्रयोगशालामा खाद्यान्न, दलहन र तेलहनको परीक्षण गरिने छ,” उनले भने, “उपकरणहरू जडान गर्न बाँकी रहेकाले केही समयभित्रै प्रयोगशाला सञ्चालनमा आउनेछ ।” प्रयोगशालामा २६ प्रकारका ४ हजार २ सयवटा उपकरण जडान गर्न गरिनेछ । प्रयोगशालामा खाद्यान्नको जैविक, भौतिक र रसायन परीक्षण गरिनेछ । भारत सरकारले आर्थिक सहयोग गरेपछि नेपाल सरकारले प्रयोगशाला निर्माणको जिम्मा काठमाडौं जिल्ला विकास समितिलाई दिएको थियो । प्रयोगशाला निर्माणको जिम्मा पाएको जिविसले निर्माण प्रक्रिया ढिलाई गर्दा अझै सञ्चालनमा आउन सकेको छैन । जिविसले भवन र ल्याबको सम्पूर्ण काम सम्पन्न गरी एक वर्ष्भित्र संस्थानलाई बुझाउने सम्झौता भएको थियो । तर, लामो समय बितिसक्दा पनि जिविसले प्रयोगशाला हस्तान्तरण गर्न सकेको छैन ।

प्रयोगशालामा विश्वकै पछिल्लो अत्याधुनिक प्रविधि जडान गर्न लागिएको संस्थानले बताएको छ । संस्थानसँग खाद्यान्न परीक्षण गर्न प्रयोगशाला नहुँदा समस्या हुँदै आएको छ । हाल कृषि विकास मन्त्रालयअन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला छ । खाद्यान्नको गुणस्तरण परीक्षण गर्न संस्थानले सोही प्रयोगशामा पठाउने गर्छ । आफ्नो प्रयोगशाला नहुँदा खाद्यान्नको गुणस्तर परीक्षण गर्न धेरै समय लाग्ने गरेको संस्थानले जनाएको छ । आधुनिक प्रयोगशाला स्थापनापछि आवश्यक परेका बेला तत्काल खाद्यान्न परीक्षण गर्न सकिनेछ । प्रयोगशालाका लागि खाद्य प्राविधिकसमेत आवश्यक पर्नेछ । संस्थानसँग केही संख्यामा प्राविधिक रहेको र बाँकी नयाँ भर्ना गर्नुपर्ने छ ।

प्रयोगशाला स्थापनापछि सेवाको गुणस्तर थपिने संस्थानले बताएको छ । निजी क्षेत्रले पनि खाद्यान्नको परीक्षण खुला गर्ने गरी सरकारसँग अनुमति लिन लागिएको संस्थानले जानकारी दिएको छ । संस्थानका अनुसार प्रयोगशालामा जाँचेपछि घ्यू, तेल, दाल, चामललगायत खाद्य वस्तुमा कति विषादी प्रयोग भएको भन्ने थाहा हुन्छ । संस्थानले अहिलेसम्म खाद्यान्न परीक्षण नगरी बेचिरहेको छ । नेपालमा खानेकुरामा धेरै रासायनिक पदार्थ प्रयोग गरिँदैन भन्ने मान्यताका आधारमा संस्थानले बिक्री गरिरहेको हो । प्रयोगशाला स्थापनासँगै संस्थान आफैंले वितरण गर्ने खाद्यान्न परीक्षण गर्न सहयोग पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।