७ माघ / अर्थ र व्यापार - काभ्रेको मण्डन देउपुर वडानम्बर ६ सिपाघाटमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । शाखाको सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहन बहादुर बस्नेतले गत शुक्रबार उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल उपस्थित रहेका थिए ।
त्यस्तै समारोहमा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवं स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सित्तपाघाट क्षेत्रका सर्वसाधारणहरुबीच सुमधुर सम्बन्ध रहने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया