१८ असार / अर्थ र व्यापार - नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करका लागि नगद लाभांस दिने प्रस्ताव गरेको छ । कम्पनीको ३७०औं सञ्चालक समिति बैठकले बोनस शेयर प्रस्ताव गरेको हो ।
पोहोरभन्दा लभांस बढे पनि पाँच बर्षको तुलनामा भने घटेको छ । पाँच बर्षको अवधिमा कम्पनीका शेयरधनीले ११७ प्रतिशत लाभांस पाएका छन् ।
नेपालमा अन्तराष्ट्रिय लेखा नीति लागू गरेपछि बैंकहरुको नाफामा असर नपरे पनि सम्पूर्ण बीमा कम्पनीहरुको अत्यधिक जगेडा कोष निर्धारणको कारण नाफामा प्रत्यक्ष असर परेको देखिन्छ । तैपनि नेकोले प्रतिफल प्रदान गरि लगानीकर्तालाई आफ्नो मजबुत स्थिती रहेको आभाष दिएको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले प्रस्तावित गरेको बोनस बीमा समितिबाट स्विकृत प्राप्त हुन बाँकी रहेको छ । बोनसपछि कम्पनीको चूक्ता पूँजी करिब १ अर्व ३१ करोड रुपैयाँ पुग्ने छ ।
तपाईको प्रतिक्रिया