२० भदौ / अर्थ र व्यापार – नेसनल हाइड्रोपावर लिमिटेडको निरन्तर घाटामा गएपछि यसको संचित नोक्सान बढेको छ । गत आर्थिक वर्षमा मात्र संचित नोक्सान ६ करोड १२ लाख रुपैयाँ बढेर ४३ करोड ५४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा उसको संचित नोक्सान ३७ करोड ४२ लाख रुपैयाँ थियो ।
कम्पनीले गत आवमा गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४२ पैसा मात्र छ । हालसम्म कम्पनीले लाभांश दिन सकेको छैन् ।
तपाईको प्रतिक्रिया