१७ जेठ /अर्थ र व्यापार - शेयरधनीको गणपुरकसंख्या नपुगेपछि स्थगित नेसनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा जेठ १९ गते आइतबार हुने भएको छ । यसअघि वैशाख २७ गते साधारणसभा आयोजना गरिएको थियो ।
अब हुने साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरणमा छलफल लगायतका एजेन्डा रहेका छन् । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रहेको छ ।
तपाईको प्रतिक्रिया