११ मंसिर / अर्थ र व्यापार - गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीको १४२ औं सञ्चालक समिति बैठकले चार बर्षका लागि भट्टराईलाई नियुक्त गरेको हो । भट्टराईले पुणे यनिभर्सिटीबाट बिएससी तथा मणिपुर युनिभर्सिटीबाट एमबिए गरेका छन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनमा करिव ९ बर्ष काम गरेका उनी २०६८ मंसिरबाट गुराँस लाइफमा सहायक महाप्रबन्धकमा रुपमा नियुक्त भएका थिए । २०७० माघमा नायव महाप्रबन्धक भएका थिए । भट्टराई कम्पनीको मार्के्टिङ, पुनर्बीमा विभागका प्रमुख भइसकेका छन् ।
तपाईको प्रतिक्रिया